सिमरा,३ फागुन/ प्रधानमन्त्री बाबुराम भट्राइले म्याजिक मोमेन्टस तेस्रो सिमरा गोल्डकपको मंगलबार उद्घाटन गरेका छन्।
बाराको सिमरामा आयोजिक कार्यक्रममा रेफ्रीलाई फुटबल बल दिँदै उनले खेलको सफलताको कामनासमेत गरे। मंगलबारको पहिलो खेलमा एन्फा एकडेमी युथ-१७ ले आयोजक नवजनजागृति युवा क्लबलाई ३-१ ले हराएको छ। प्रतिस्पर्धात्मक खेलमा एकडेमीको तर्फबाट पहिलो क्यापटेन हेमन गुरुङले खेलको १८ र ६०औं मिनेटमा गोल गरे। खेलको २५औं मिनेटमा आयोजक टिमको प्रहार पोल बारमा लागेर फर्केको थियो।
खेलको ४६औं मिनेटमा एकडेमीका सुरज हमालले अर्को गोल गरे। खेलको अन्तिम समयमा आयोजक टिमका असिमजङ्ग कार्कीले सान्तवना गोल गरे। विजयी टिमका प्रशिक्षक मृगेन्द्र मिश्राले आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। विपक्षी टिमले गरेका राम्रो अवसरलाई आफ्ना खेलाडीले असफल पारेको उनले सुनाए। पराजित टिमका प्रशिक्षक रामकृष्ण खड्काले खेलाडीको व्यक्तिगत क्षमता राम्रो भए पनि टिमवर्क राम्रो नभएकाले पराजित हुनु परको स्पष्ट पारे। '२५औं मिनटेको प्रहार पोल बारमा लागेर फर्किनु नै हाम्रो दुर्भाग्य थियो', उनले भन- ' त्यो गोल भएको सम्भवत नतिजा अर्कै हुनेथियो। बुघबारको खेल सामसुङ जावलाखेल युथ क्लब र सहारा क्लब पोखराबीच हुने आयोजकले जानकारी दिए।








