User Login

Most Read News

अस्ट्रेलियाको शानदार जित भारतले बोनस अङ्क दियोअस्ट्रेलिया, फागुन ७ गते। त्रिदेशीय क्रिकेट शृङ्खलाअन्तर्गतको सातौँ खेलमा अस्ट्रेलियाले आइतबार भारतलाई ११० रनले हराएर बोनस अङ्क पनि हासिल गरेको छ।

 

यस खेलबाट अस्ट्रेलियाले ५ अङ्क जुटाएर भारतबाट शीर्ष स्थान पनि खोसेको छ। अस्ट्रेलियाको १४ र भारतको १० तथा श्रीलङ्काको ७ अङ्क रहेको छ। माइक हसी, पिटर फोरेस्टको अर्धशतक र डेनिल क्रिस्टियनले अन्तिम समयमा १८ बलमा बनाएको ३० रनको मद्दतबाट पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा २८८ रनको योगफल तयार पारेको थियो।

क्रिस्टियन र डेभिड हसीले ३६ बलमा ६५ रनको साझेदारी निर्वाह गरेपछि अस्ट्रेलियाले अन्तिम दस ओभरमा सयभन्दा बढी रन बनाएको थियो। इरफान पठानले माइक हसी र फोरेस्टलाई एकै ओभरमा आउट पारेपछि अस्ट्रेलियाको रन गति सुस्त हुने अनुमान गरियो तर माइक हसीका भाइ डेभिड र क्रिस्टियनले झन् तेज गतिमा रन बनाए। फोरेस्ट ५२ र हसी ५९ रनमा आउट भएका थिए।

पठानले सर्वाधिक तीन विकेट लिए। यसअघि पठानले प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरलाई सचिन तेन्दुलकरको हातबाट क्याच आउट गराउँदै भारतलाई पहिलो विकेट दिलाएका थिए। र्फमबाहिर रहेका कप्तान रिकी पोन्टिङ -सात रन)को विकेट जाहिर खानको खातामा पर्‍यो।

भारतले लक्ष्य पछ्याउने क्रममा ४३.३ ओभर खेलेर १७९ रन मात्र बनाउन सक्यो। तेजबलरलाई मद्दत दिएको पिचमा सुरुमै सम्हालिएर खेल्ने चेष्टा नगर्दा भारतको कदम सही बाटोमा बढेन। ब्रेट लीले र्फममा रहेका गौतम गम्भीरलाई पाँच रनमा आउट गरेर भारतलाई पहिलो झट्का दिए। त्यसपछि पाँचौँ ओभरमा नै सचिन तेन्दुलकरका रूपमा दोस्रो विकेट पनि निस्कियो। बेन हिल्फेनहाउसले तेन्दुलकरलाई तीन रनमा पवेलियन फर्काए। रोहित शर्मा र विराट कोहली पनि फटाफट क्रिजबाट बिदा भएपछि भारतले ३६ रनमा चार विकेट गुमाइसकेको थियो। कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैना -२८ रन)ले ४६ रनको साझेदारी गरी पालि सम्हाल्ने गरेको कोसिस पनि काम लागेन। धोनीले सर्वाधिक ५६ रन बनाए। अस्ट्रेलियाका बेन हिल्फेनहाउसले पाँच र ब्रेट लीले तीन विकेट आउट गरी भारतीय पालिको ढाड भाँचेका थिए। एजेन्सी

Most Read News

Latest News


You are visitor No.
004060327

We have 2710 guests and 11 members online