User Login

Most Read News

नेटो सेना प्रमुख जोन आर एलेनद्धारा माफी, इस्लामिक धर्मग्रन्थ कुरान जलाएको विषयमाअफगानिस्तानमा नेटो सेनाले इस्लामिक धर्मग्रन्थ कुरान जलाएको विषयमा नेटो सेना प्रमुख जोन आर एलेनले माफी मागेका छन्।

नेटो सेनाका प्रमुख एलेनले त्यसविषयमा अनुसन्धान गर्ने बताएका छन्। धर्मग्रन्थ कुरानलाई जथाभावी गरेको खबर पाउनासाथ उनीहरुलाई रोकेको जोनले बताए। नेटो सेनाले कुरान जलाएको खबरपछि अमेरिकी सेनाको बगराम बेसक्याप अगाडी विरोधका कार्यक्रमहरु भइरहेका छन्।

नेटो सेनालाई धार्मिक ग्रन्थ कुरान लगायतका अन्य धार्मिक सामग्रीहरु गुरुहरुले नै दिएको एलेनले बताए। घटनाको छानबिन गर्ने र आगामी दिनमा यस्तो घटना नदोहोरिने एलेनले दाबी गरेका छन्। एलेनले सम्पूर्ण नेटो सेनाको तर्फबाट अफगान राष्ट्रपति, सरकार र सम्पुर्ण विशिष्ट व्यक्तिहरुसंग माफी मागेका छन्। गत वर्षको अप्रिलमा पनि अमेरिकामा कुरान जलाउंदा भएको प्रर्दशनमा १ जनाको मृत्यु भएको र १८ जना घाइते भएका थिए।

Most Read News

Latest News


You are visitor No.
004060325

We have 2714 guests and 11 members online