User Login

Most Read News

काठमाडौँ । मन्त्रिमण्डल विस्तार हुन नपाउँदै बाबुरामको नेतृत्वमा भएका कामको विरोधमा माओवादीकै

एउटा खेमा सडक आन्दोलनमा उत्रिएको छ । लडाकू शिविरको साँचो विशेष समितिलाई बुझाउने निर्णयको विरोधमा उपाध्यक्ष मोहन वैद्य पक्ष सडममा आएको हो । शुक्रबार देशभर चक्काजाम र मसाल जुलुस गरेर वैद्य पक्षले सामान्य अवसथामा प्रतिपक्षी दलहरुले गर्नेभन्दा पनि चर्को विरोधको थालनी गरेको छ ।

आजको कान्तिपुर दैनिकमा छापिएको मुख्य समाचारमा अगाडि लेखिएको छ,भट्टराई संयोजक रहेको विशेष समितिले गत बुधबार हतियार राखिएका कन्टेनरहरु व्यवहारिक रुपमै आफू मातहत ल्याउने निणृय गरेपछि वैद्य पक्ष चिढिएको हो । वैद्य पक्षले साँचो बुझाउने कदमलाई शान्ति प्रक्रिया पूरा नभई लडाकू निःशस्त्रीकरण गर्ने प्रयास भन्दै असन्तुष्टि जनाएको छ । सो पक्षले उत्तः निर्णय फिर्ता लिन दबाब दिने नीति लिएको छ । हतियारको साँचो विशेष समितिलाई बुझाएपछि वैद्यले बिहीबार राति विज्ञप्ति निकालेर आत्मघाती निर्णय भएकेा भन्दै यसलाई सच्याउन आग्रह गरेका थिए ।

उनने साँचो बुझाउने कार्यलाई ‘पार्टीको निर्णयविपरीत आकस्मिक र आश्चर्यजनक’ भनेका छन् । तर वैद्यको उक्त दाबीलाई अध्यक्ष दाहालले शुक्रबार खण्डन गरे । उनले वैद्यद्वारा जारी विज्ञप्ति पार्टी पद्धति र निर्णयविरुद्ध रहेकाले त्यस्ता गतिविधिबाट उत्तेजित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । वैद्य पक्षले निर्णय सच्याउन दबाब दिए पनि संस्थापन पक्षले त्यसबाट पछि नहट्ने अडान लिएको छ । माओवादीको गत भदौ ८ गतेको स्थायी समिति बैठकले शान्तिप्रक्रिया र सरकार निर्माणबारे पाँचबुँदे प्रस्ताव एवम् प्रतिबद्धतापत्र सर्वसम्मत पारित गरेको थियो ।

प्रवक्ता दिनानाथ शर्माले यसअघि भएको निर्णय कार्यान्वयन गरिएकाले पार्टी निर्णयविपरीत भन्न नमिल्ने बताए । साँचो प्रकरणले अध्यक्ष दाहालविरुद्ध असार अन्तिम साता ललितपुरको धोबीघाट बैठबबाट बनेको उपाध्यक्षत्रय वैद्य,भट्टराई, श्रेष्ठ र महासचिव थापाको गठबन्धन समाप्त प्रायः भएको छ ।

Most Read News

Latest News


You are visitor No.
004060324

We have 2722 guests and 11 members online