User Login

Most Read News

[नयाँ दिल्ली] नेपाली काँग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समिति भारत अन्तर्गतका विभिन्न क्षेत्रिय समितिहरुले भारतका विभिन्न ठाऊहरुमा वि.पि. जयन्ति भव्य रुपमा मनाएका छन |

 पश्चिम उत्तर भारत क्षेत्र चण्डिगढले पाजाबको मोलेट भन्ने ठाउमा आयोजना गरेको उक्त कार्यक्रममा सांसद तथा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसाल मुख्य अतिथिको रुपमा रहेकी थिइन भने विशिष्ट अतिथिहरुमा पुर्व सांसद तथा नेपाली काँग्रेसका सन्त नेता शंकर पाण्डे सभासद, अजय द्विवेदि, ने.ज.स. भारतका अध्यक्ष वालकृष्ण पाण्डे, पुर्व अध्यक्ष यदुनाथ पाण्डे, प्रवक्ता प्रमोद खरेल र भारतको हरियाण राज्यका कांग्रेस युवा नेता दयाल सिंह रहेको उक्त कार्यक्रमको अध्यक्षता त्यसै क्षेत्रका अध्यक्ष जिवलाल भुसालले गरेका थिए र संचालन महासचिव आनन्द न्यौपानेले गरेका थिए ।
 
कार्यक्रमका अध्यक्ष तथा सबै विशिष्ट अतिथिहरुको उपस्थितिमा मुख्य अतिथिले पानसमा बत्ति बालेर ब्यानर खोल्दै तथा वि.पि. को तस्विरमा अविर र माल्र्यारपण गरि उद्घाटन गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका सन्त नेताले नेपाल सनातन हिन्दु राष्ट्र हुनुपर्छ यसको सम्पुर्ण खाका अब बन्ने नेपालको संविधानमा अंकित हुनुपर्छ आवश्यकता प-यो भने सनातन हिन्दु राष्ट्रका लागी जनमत सग्रह गराइनुपर्छ भन्ने कुरालाइ आत्मसाथ गरि आफु राष्ट्रिय जन जागरण अभियानमा लागेको कुरा स्पष्ट गराउदै उनले अगाडि थपे आजको दिन महान दिन हो भन्दै महामानव वि.पि. कोइराला जसले नेपालका लागी लोकतन्त्रात्मक पद्धतिको सँस्कारको छाप छोडिदिनुभएको छ जुन कुरा हामिले अंगिकार गरेका हौ तर विडम्वना नेपाली कांग्रेसले वि.पि.ले देखाएको बाटो भन्दा फरक रहेर काम गर्ने चेष्टा गरयो पदको लोलुपतामा नेताहरु शिद्धान्त विपरित कार्य गर्न पछि परेनन अव सिक्नु पर्छ नेताजीहरुले निस्वार्थ बन्दै विशेष गरि नेपाली काँग्रेसका नेताहरुले अंगिकार गर्न सके वि.पि. ले देखाएको राष्ट्रियता सँग जोडिएको प्रजातान्त्रिक समाजवादि बाटो सजिलो छ । तर नेपालका कम्युनिष्टहरु त्यो बाटो अंगिकार गर्दै गए र सफल हुन सक्ने सम्भावना देखाएका छन तर सफल नै भए भन्न चाहि सकिदैन ।

मुख्य अतिथि सांसद पुष्पा भुसालले कार्यक्रममा बोल्दै संसारमै लोप भएका कुराहरु नेपालमा देखा पर्नु एक प्रकारले दुखद घटना नै हो भन्दै वि.पि. ले देखाएको बाटो सबैले अंगिकार गर्नु आजको अपरिहार्यता हो भनेकी थिइन भने सभासद द्विवेदिले जुन कुरा मैले यहाँ देखे काम गर्दा गर्दै समय निकालेर जसरि प्रवासमा पनि यसरि आफ्नो रोजि रोटिको समस्यासँग जुझ्न वाध्य प्रवासि नेपालीहरुको राष्ट्रियता प्रजातन्त्र समाजवाद तथा आफ्नो मातृभुमिप्रतिको कर्तव्यबोध नेपाल र नेपालीका लागी गौरवको कुरा हो जुन कुरा नेपालभित्र रहेका नेपालीहरुले पनि सिक्नु पर्ने हुन्छ जस्तो मलाइ लाग्छ भनेका थिए ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष वालकृष्ण पाण्डे, पुर्व के. अध्यक्ष यदुनाथ पाण्डे, के. प्रवक्ता प्रमोद खरेल, मेदिनि कुमार केवल र हरियाण राज्यका कांग्रेस युवा नेता दयाल सिंहले पनि बोलेका थिए ।
 
पछिल्लो विवरण अनुसार ने.ज.स. ले पश्चिम भारत क्षेत्र मुम्बइ, मध्य भारत क्षेत्र भोपाल, दक्षिण भारत क्षेत्र चेन्नई तथा हैदराबाद र उत्तर भारत क्षेत्र दिल्लीमा पनि वि.पि. जयन्ति मनाइएको छ खासगरि नेपाली काँग्रेसका युवा नेता पुर्व मन्त्रि तथा सांसद बालकृष्ण खाँड मुख्य अतिथि रहेको मुम्बई क्षेत्रमा बोल्दै विशेष शान्ति सम्झौता आजको अपरिहार्यता हो जसका लागी सर्वदलिय सहमतिको सरकारको आवश्यकता रहेको अवस्थामा माओवादि आफ्नो बाटोबाट भडकिएर सरकार बनाउन सफल त भएको छ तर भडकिएको माओवादिकै कारण विशेष शान्ति सम्झौता तथा संविधान निर्माणको कार्य अझै बडि ओझेलमा परेको उनले बताए भन्ने जानकारि भोपालबाट विशिष्ट अतिथिको रुपमा मुम्बईको कार्यक्रममा पुगेका ने.ज.स. भारतका महामन्त्रि लिलामणि पाण्डेले गराए ।

प्रबासी : NRI & NRN

Added: 07 May 2012 17

श्री बाघेश्वारी माता नेपाली मन्दिर…

by Administrator
नई दिल्ली, बलजित नगर स्थित श्री बाघेश्वारी माता… + पुरा समाचार .....

प्रधानको राजिनामा

नयाँ दिल्ली २८ अप्रील २०१२…

नयाँ दिल्लीमा वि. पि.…

नयाँ दिल्ली २६ अप्रील २०१२…

दिल्लीमा शेरावाली माताको…

तिलक खण्ड, दिल्ली/ आज शंकर…
Added: 22 April 2012 8

US में भारतीय छात्र की गोली मारकर…

by Shamjhana Srivastav
न्यूयॉर्क/एजेंसी/अमेरिका की बोस्टन यूनिवर्सिटी… + Read more ...

सात फेरे लेने को सात समंदर…

नैनीताल/ कहते हैं जिस…

Hillary Clinton wishes…

Washington, April 13…

Bangalore hires more NRIs…

BANGALORE:TOI/ Among…

Most Read News

Latest News


You are visitor No.
004060298

We have 2737 guests and 11 members online