[नई दिल्ली, भारत], भाषा र संस्कृतिको सम्मानमा भारतको नयाँ दिल्लीमा भव्य नेपाली सांस्कृतिककार्यक्रम सम्पन्न गरिएको छ । चेलिबेटि बेचबिखन विरुद्ध सचेत र सजग बनौ साथै आवाज उठाऔ भन्ने मुख्य उद्देश्य तथा एच. आई. भि. एडस बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ" भन्ने सन्देशबाट प्रशिक्षण शुरु गरिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाली समाज सेवा समितिका अध्यक्ष घनश्याम शर्माले गरेका थिए भने कार्यक्रमको सन्चालन ऐक्यबद्धता सोलिडारिटिका प्रमुख समाचारदाता गोबिन्द पोखरेलले गरेका थिए । कार्यक्रमको उदघाटन मुख्य अतिथी र विशिष्ट अतिथि दिलकुमारी भण्डारीको उपस्थितिमा मुख्य अतिथि खगनाथ अधिकारीले रिबन काटेर गरेका थिए ।
नेपाली समाज सेवा समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाली राजदुतावासका कार्यवाहक राजदुत खगनाथ अधिकारी मुख्य अतिथिको रुपमा रहेका थिए भने विशिष्ट अतिथिहरुमा भारतिय पुर्व सांसद तथा भारतिय गोर्खा परिषद संघकी अध्यक्ष दिलकुमारी भण्डारी, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष चिरन्जिबि मरासिनी, नेपाली जन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे, ने.ज.स. कै प्रवक्ता प्रमोद खरेल, नेपाली राज दुतावासका उमाकान्त पराजुली तथा सुरेन्द्र थापा गोर्खा डेमोक्रेटिक फ्रन्ट भारतका अध्यक्ष सूर्य विक्रम शाही समिर प्रधान लगायत विभिन्न कम्पनिका निर्देशकहरु तथा प्रोप्राइटरहरु क्रमश युवराज बराल, नारायण श्रेष्ठ, टिकाराम कंडेल, आर.पि. पोखरेल, जनक राज शर्मा, शेखर कुवँर, ओमप्रकाश मरासिनि, हरि महत, गणेश शर्मा, एस. डि. सिलवाल, नरेन्द्र खनाल, नविन रावल, मित्र घिमिरे, हरि भट्टराई, शोभाखर पन्थि, लाल सोडारी, के. वि. गुरुङ्ग, नेत्रप्रसाद आचार्य, दिपक जि. सि,. दिल्ली प्रदेश काँगे्रसका सचिव शंकर थापा, पत्रकार लोकेश शाहको उपस्थिति रहेको थियो । ऐतिहासिक मानिएको सो कार्यक्रममा हजारौको संख्यामा प्रवासी नेपालीहरुको जमघट रहेको थियो । सो कार्यक्रम देखेका दर्शकहरुले दिल्लीमा भएका आजसम्मका सबैजसो कार्यक्रम भन्दा उत्कृष्ट रहेको कुरा उल्लेख गरेका छन् ।
नेपाली राजनितिका भातृसंगठनहरु रा.ज.मो. नेपालको भातृ संगठन मुल प्रवाह नेपाली एकता समाज माओवादिको अखिल भारत नेपाली एकता मंच एमालेको प्रवासि नेपाली संघ र नेपाली काँग्रेसको नेपाली जन सम्पर्क समिति सबैलाइ निमन्त्रणा गरिएको भएतापनि कार्यक्रममा सहभागिता भने केवल नेपाली जन सम्पर्क समितीको मात्र रहेको थियो ।
कार्यक्रमा उपस्थित भएका दर्शक महानुभावहरुलाई बक्तव्यद्वारा स्वागत गर्दै नेपाली समाज सेवा समितिका अध्यक्ष घनश्याम शर्माले हाम्रो सँस्था गैर राजनैतिक सँस्था हो र यस्ाको लक्ष्य प्रवासी नेपालीहरुको बीचमा एकता र सदभाव बढाउने भएको हुँदा प्रवासी नेपालीहरुप्रति आइ पर्ने जस्तो सुकै समस्याको लागी हमेशा सहयोग प्रदान गर्न तत्पर रहेको कुरा उदघोष गर्दै प्रवासीहरुलाइ सरोकार छ देशको हरेक समस्यासँग त्यसैले चेलीबेटि बेच विखनको विरुद्ध सचेत हुँदै सबैले आ -आफ्नो क्षेत्रबाट यसका विरुद्ध आवाज उठाउन अपिल पनि गरेका थिए ।
मुख्य अतिथि का. वा राजदुत खगनाथ अधिकारीले वास्तवमै चेलिबेटि बेचविखनको विरुद्ध तथा एच. आई. भि एडसको जानकारी सम्बन्धित यसरी गरीएको कार्यक्रम दिल्लीमा पहिलो तथा नयाँ खालको देखिएको छ भन्दै उनले अगाडि थप्दै भने विश्वमा ४५ लाख मानिसहरु यो रोगबाट पिडित भएको र यो रोगको संक्रमणमा रहेका मानिसहरु कालको मुखमा नै रहेका छन भन्न सकिन्छ भन्ने कुरा पनि जानकारी गराएका थिए ।
पुर्व सांसद तथा भारतिय गोर्खा परिसंघकि अध्यक्ष दिल कुमारी भण्डारी गोर्खा डेमोत्रेुटिक प्रुन्टका अध्यक्ष सूर्य विक्रम शाहि ने.ज.स. भारतका प्रवक्ता प्रमोद खरेल नेपाली राजदुतावासका सांस्कृतिक विभाग प्रमुख उमाकान्त पराजुलीले पनि बोल्दै कार्यक्रम सफल होस भन्ने शुभकामना ब्यक्त गरेका थिए । स्थानिय कलाकारहरुको साथमा नेपालबाट आएका राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु बदि्र पंगेनि कमल गाउले र ज्योति लोहनिको उपस्थितीले कार्यक्रम निकै नै रोमाँचकारि रहेको थियो ।
कार्यक्रम सफल बनाउनको लागी नेपाली समाज सेवा समितिका महासचिव कृष्ण आचार्य सहित केन्द्रिय समितिमा रहेका सम्पुर्ण पदाधिकारीको टोली निर्मला शर्मा नारायण शर्मा नविन रावल शिव राना लक्ष्मण राई गोपि अधिकारी र गंगा रावल हरेक कार्यमा अग्रसर रहेका थिए । कार्यक्रममा एच. आई.भि. एड्स परिक्षण क्याम्पको पनि ब्यवस्था गरिएको थियो जसको लाभ पनि हजारौ मानिसहरुले उठाएका थिए ।










